Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

लमजुङ कारागारबाट भागेका दुई कैदी पुनः पक्राउ

लमजुङ । लमजुङ कारागारबाट फरार भएका दुवै जना कैदी पक्राउ परेका छन् ।

फरार चन्द्रबहादुर गुरुङलाई बिहीबार राति साढे ११ बजे बेसीसहर–१ चिप्लेटी र विनोद विकलाई बेसीसहर–२ चिसापानीको जंगलबाटबाट लुकिछिपि बसीरहेको अवस्थामा पक्राउ गरिएको हो ।

लमजुङको बेसीसहर नपा–८ सेरास्थित कारागारको उत्तर पश्चिम तर्फको कैदी आवासको पर्खाल नाघेर बुधबार राति दुई बजे २ कैदी फरार भएका थिए ।

फरार मध्येका जबरजस्ती करणी मुद्दाका मध्यनेपाल नगरपालिका–४ लमजुङका २७ वर्षीय विनोद विकलाई बिहीबार प्रहरीले बेसीसहर–२ चिसापानीको जंगलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।

अर्का फरार रहेका गोरखा चुमनुब्री गाउँपालिका–३ का चन्द्रबहादुर गुरुङलाई बिहीबार राति साढे ११ बजे बेसीसहर–१ चिप्लेटीमा लुकिछिपि बसीरहेको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077