Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुनको मूल्यमा लगातार तेस्रो दिन नयाँ रेकर्ड कायम, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । सुनको मूल्यले लगातार तेस्रो दिन नयाँ रेकर्ड कायम गरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार शुक्रबार छापावाल सुनको मूल्य ८०० रुपैयाँले बढेरछतोलाको १ लाख १३ हजार ३०० रुपैयाँ कायम भएको छ ।

हिजो सुन तोलाको एक लाख १३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, तेजावी सुनको मूल्य तोलाको १ लाख १२ हजार ७५० रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले बढेर १४ सय ३५ रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको मूल्य १४ सय १० रुपैयाँ कायम रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077