Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

क्लबहरुको अडानपछि राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण स्थगित

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण स्थगित भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार एक विज्ञप्ति निकाल्दै राष्ट्रिय टिमको बन्द प्रशिक्षण स्थगित गरिएको जनाएको छ ।

भारतमा आयोजना हुने १४ औं संस्करणको पुरुष साफ च्याम्पियनसिप र त्यसअघि फिलिपिन्ससँगको मैत्रीपूर्ण खेलका लागि हिजोबाट राष्ट्रिय टिमको प्रशिक्षण थालिएको थियो ।

तर, ‘ए’ डिभिजन लिग खेलिरहेका १० क्लबले लिग सकिएपछि मात्र आफ्ना खेलाडीलाई राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा पठाउने निर्णय गरेपछि एन्फा प्रशिक्षण स्थगित गर्न बाध्य भएको हो ।

मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले मङ्गलवार ३० सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेका थिए ।

साफ च्याम्पियनसिप आउँदो असार ६ गतेदेखि १८ गतेसम्म बेङ्गलुरुमा हुनेछ । साफको तयारीका लागि नेपालले जेठ ३२ गते फिलिपिन्ससँग मैत्रीपूर्ण खेल खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077