Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

देउवाका छोरा जयवीरले गरे प्रेमिका शिवाना श्रेष्ठसँग इन्गेजमेन्ट

काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाका छोरा जयवीर देउवाले प्रेमिका शिवाना श्रेष्ठसँग औपचारिक रुपमा इन्गेजमेन्ट गरेका छन् ।

जेठ पहिलो साता उनीहरुले औंठी साटासाट गरे पनि बिहीबार बेलुका पारिवारिक जमघटमा जयवीरले प्रेमिका श्रेष्ठसँग इन्गेजमेन्ट गरेका हुन् ।

समारोहमा दुवै पक्षका परिवार र आफन्त उपस्थित थिए । इन्गेजमेन्ट समारोहमा देउवा तथा पत्नी आरजु राणा र उनकी आमा प्रतिभा राणा सहभागी थिए ।

दुवै परिवारले जयवीर र शिवानालाई टीकामाला लगाइदिंदै आशिर्वाद दिएका छन् । जयवीर र शिवाना लामो समयदेखि प्रेम सम्बन्धमा थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077