Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रचण्डनिकट गृहेन्द्रसँग सोविता गौतमले गरिन बिहे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोविता गौतम विवाह बन्धनमा बाँधिएकी छन् ।

सांसद गौतमले आफ्नो प्रेमी गृहेन्द्र घिमिरेसँग सुटुक्क लगनगाँठो कसेकी हुन् ।

माओवादीमा आवद्ध घिमिरे र सोविता लामो समयदेखि प्रेममा थिए । विवाहपश्चात दुवैजना जापान लागेका छन् ।

चितवन घर भएका गृहेन्द्र नेकपा माओवादी केन्द्र अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका अत्यन्त निकटका व्यक्ति हुन् ।

केही समय अगाडी गृहेन्द्र घिमिरेलाई नेपाल इन्भेष्टमेन्ट मेघा बैंकले ३५ दिने सूचना जारी गरेर ऋण तिर्न उर्दी जारी गरेको थियो ।

घिमिरेको खास व्यवसाय नभएपनि व्यापारीहरुलाई प्रचण्डकहाँ पुर्याउनेदेखि गृहमन्त्री रवि लामिछानेको पार्टीसम्म सम्बन्ध विस्तार गर्दै आएका छन् ।

घिमिरे प्रचण्ड र उनको परिवार निकट बिचौलीयाको रुपमा चिनिन्छन् ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077