Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेपाल प्रहरीका दुई एसपी र तीन डीएसपीको सरुवा, को कहाँ पुगे ?

काठमाडौं । नेपाल प्रहरीका दुई प्रहरी उपरीक्षक (एसपी) र तीन डीएसपीको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार एसपी काजीकुमार आचार्य र विनोद सिलवालको सरुवा भएको हो ।

नेपाल प्रहरी अंग रक्षक गण नक्सालमा कार्यरत एसपी आचार्यलाई जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीको जिम्मेवारी दिइएको छ । त्यस्तै जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीबाट एसपी सिलवाललाई अपराध अनुसन्धान विभाग नक्साल सरुवा गरिएको छ ।

कार्यालयका अनुसार प्रहरी नायक उपरीक्षक (डीएसपी) रविन्द्र गुरुङलाई गौतमवुद्ध विमानस्थल भैरहवाबाट प्रहरी वृत सिंददरबार तानिएको छ ।

उद्धव सिंह भाटलाई इलाका प्रहरी कार्यालय टिकापुरबाट विशेष सुरक्षा गण सुनवल तानिएको छ भने तुलसी अर्याललाई काठमाडौँ उपत्यका विशेष सुरक्षा प्रहरी गणबाट इलाका प्रहरी कार्यालय टीकापुर पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077