Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

‘समृद्ध नेपाल,सुखी नेपाली' भन्ने आँट यो सरकारले गर्दैन : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले सरकारबाट हटेपछि ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने आँट कसैले गरेको बताएका छन् ।

शनिबार च्यासलमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

ओलीले भने,‘हामी सरकारबाट हटेपछि समृद्ध नेपाल, सुखी नेपाली भन्ने शब्द कुनै सरकार, कुनै प्रधानमन्त्री, कुनै नेता, हाम्रा विपक्षीहरुले भन्ने आँट गर्दैन। समृद्ध नेपाल भन्ने सक्ने आँट गर्न छैन। सुखी नेपाली भन्ने आँट गर्दैन।’

ओलीले एमालेबाहेक कसैले पनि समृद्ध नेपाल भन्न नसक्ने बताए । ओलीले अहिलेको सरकारले जनताको समस्या समाधानका लागि कुनै काम गर्न नसकेको स्पष्ट पार्न नसकेको धारणा राखे।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077