Online Nepal
  • शनिबार, १० साउन २०८२
  • आजको मौसम : देशभरको तापक्रम बढ्ने, पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना

    आजको मौसम : देशभरको तापक्रम बढ्ने, पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना

    अनलाइन नेपाल
  • आइतबार, २१ जेष्ठ २०८०
  • 723
    SHARES

    काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जसकारण देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।



    देशको पहाडी भू-भागको एक-दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

    राति कोशी, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । पछिल्लो समय देशभरको तापक्रम बढेकोले गर्मीबाट बच्न महाशाखाको आग्रह छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार