Online Nepal
  • आइतबार, ११ साउन २०८२
  • वरिष्ठ प्रहरी हवल्दार मृत भेटिए

    वरिष्ठ प्रहरी हवल्दार मृत भेटिए

    अनलाइन नेपाल
  • आइतबार, २१ जेष्ठ २०८०
  • 5.4K
    SHARES

    ताप्लेजुङ । एक वरिष्ठ प्रहरी हवल्दार मृत अवस्थामा फेला परेका छन्।

    ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय तेल्लोकमा कार्यरत उदयपुरको त्रियुगा नगरपालिका–७ का ४१ वर्षीय दीपक शाह शङ्कर मृत अवस्थामा भेटिएका हुन् ।



    सुरक्षा गस्तीका क्रममा सिदिङ्वा गाउँपालिकाबाट फर्किने क्रममा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।

    प्रहरीका अनुसार मृतक शङ्कर छारे रोगबाट पीडित थिए । मृतकको शव परीक्षण गरी आफन्तलाई बुझाउने तयारी भएको जनाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार