Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

वरिष्ठ प्रहरी हवल्दार मृत भेटिए

ताप्लेजुङ । एक वरिष्ठ प्रहरी हवल्दार मृत अवस्थामा फेला परेका छन्।

ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय तेल्लोकमा कार्यरत उदयपुरको त्रियुगा नगरपालिका–७ का ४१ वर्षीय दीपक शाह शङ्कर मृत अवस्थामा भेटिएका हुन् ।

सुरक्षा गस्तीका क्रममा सिदिङ्वा गाउँपालिकाबाट फर्किने क्रममा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।

प्रहरीका अनुसार मृतक शङ्कर छारे रोगबाट पीडित थिए । मृतकको शव परीक्षण गरी आफन्तलाई बुझाउने तयारी भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077