Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

महिला एसियन कप छनोटका लागि नेपाली टिमको बिदाइ

काठमाडौं । एएफसी यू-२० महिला एसियन कप छनोटको दोस्रो चरण खेल्ने नेपाली महिला टोलीको बिदाइ गरिएको छ।

अखिल नेपाल फुटबल संघ एन्फाले आइतबार गरेको कार्यक्रममा एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ लगायतले टोलीलाई बिदाइ गरे ।

म्यानमारमा आयोजना हुने छनोटका लागि मुख्य प्रशिक्षक याम गुरुङले २३ सदस्यीय टोलीको घोषणा गरिसकेका छन् ।

नेपाली टिमको मुख्य प्रशिक्षकमा यमप्रसाद गुरुङ छन् । प्रतियोगिताको समूह ‘बी’मा रहेको नेपालले यो समूहमा घरेलु टिम म्यानमार, चीन र चाइनिज ताइपेइ छन् ।

नेपाली टोली 

गोलकिपर : कविता विक, लिला जोशी, सावित्री किसान

डिफेन्डर : सबिना चौधरी, तुलसा बोहरा, सुनिता भुलान, सिमरन राई, दिव्या यस्माली मगर, प्रतिक्षा चौधरी,सजनी थोकर, कुमारी तामाङ

मिडफिल्डर ; सरस्वती हमाल, मनमाया दमाई, सुनकला राई, दीपा शाही, हिमा रावत, सुस्मा जीटी, सारा बज्राचार्य, अञ्जली मचामासी

फरवार्ड : गरिमा राई, अमिषा कार्की, ममता पुन, सन्दिपा भोलान

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077