Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पाल्पाको सत्यवतीमा जीप दुर्घटना : तीन जनाको मृत्य, ११ घाइते

पाल्पा । पाल्पामा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ११ जना घाइते भएका छन् ।

रैनादेवी छहरा गाउँपालिका–८ सत्यवतीमा आज आइतवार बेलुकी जीप दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार दुर्घटनामा ज्यान गुमाउनेमा दुई महिला र एक पुरुष रहेका छन् ।

उनीहरूको पहिचान खुलेको छैन । सालझण्डीबाट अर्घाखाँचीका लागि छुटेको लु १ च ९०२४ नम्बरको जीप सडकबाट तल खसेको हो ।

घाइतेहरूलाई उद्धार गरी उपचारका लागि रुपन्देहीमा रहेको लुम्बिनी प्रादेशिक अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077