Online Nepal
  • आइतबार, ११ साउन २०८२
  • आजको मौसम : तराईमा तातो हावा र लू चल्ने सम्भावना

    आजको मौसम : तराईमा तातो हावा र लू चल्ने सम्भावना

    अनलाइन नेपाल
  • सोमबार, २२ जेष्ठ २०८०
  • 888
    SHARES

    फाइल तस्विर

    काठमाडौं । मुलुकको अधिकांश भूभागमा आज पनि तापक्रम घट्ने सम्भावना कम छ।

    पहाडी भूभागका केही स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेपनि अन्य स्थानमा तत्काल पानी पर्ने नदेखिएकाले तापक्रम करिब यथावत् नै रहने मौसमविद्ले जनाएका छन् ।



    मौसमविद्का अनुसार तराईका जिल्लामा अझै केही दिन तातो हावा र लू चल्ने सम्भावना रहेको छ । केही दिनदेखि तराईका धेरैजसो जिल्लाको अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा धेरै छ । केही ठाउँमा ४१ डिग्री सेल्सियसको हाराहारीमा समेत पुगेको छ ।

    बिहान सबेरैदेखि बेलुकासम्म नै घाम चर्किँदा तराईका जिल्लाको जनजीवन प्रभावित भएको छ । अत्याधिक गर्मी, मेघगर्जन, चट्याङ तथा हावाहुरीबाट हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार