Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

आजको मौसम : तराईमा तातो हावा र लू चल्ने सम्भावना

काठमाडौं । मुलुकको अधिकांश भूभागमा आज पनि तापक्रम घट्ने सम्भावना कम छ।

पहाडी भूभागका केही स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेपनि अन्य स्थानमा तत्काल पानी पर्ने नदेखिएकाले तापक्रम करिब यथावत् नै रहने मौसमविद्ले जनाएका छन् ।

मौसमविद्का अनुसार तराईका जिल्लामा अझै केही दिन तातो हावा र लू चल्ने सम्भावना रहेको छ । केही दिनदेखि तराईका धेरैजसो जिल्लाको अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा धेरै छ । केही ठाउँमा ४१ डिग्री सेल्सियसको हाराहारीमा समेत पुगेको छ ।

बिहान सबेरैदेखि बेलुकासम्म नै घाम चर्किँदा तराईका जिल्लाको जनजीवन प्रभावित भएको छ । अत्याधिक गर्मी, मेघगर्जन, चट्याङ तथा हावाहुरीबाट हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077