Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

अफगानिस्तानका ८० छात्रालाई दिइयो विषाक्त खाना

एजेन्सी। अफगानिस्तानको उत्तरी सर–ए–पुल प्रान्तका दुई प्राथमिक विद्यालयमा ८० विद्यार्थीलाई विषाक्त खाना सेवन गराइएको छ ।

अगस्ट २०२१ मा तालिबान सत्तामा आएपछि पहिलो पटक यस्तो आक्रमण भएको हो ।

विषाक्त खाना सेवन गर्न दिइएका कारण बिरामी परेका छात्राहरूलाई हाल अस्पतालमा भर्ना गरिएको थियो । उनीहरूको उपचार जारी रहेको छ ।

तालिबान सत्तामा आएपछि महिला अधिकार लगभग समाप्त भएको प्रान्तीय शिक्षा विभागका प्रमुख मोहम्मद रहमानीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077