Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • प्रधानमन्त्रीलाई योगेश भट्टराईको प्रश्न – नेपालको भूमि विदेशीलाई दिने अधिकार कस्ले दियो ?

    प्रधानमन्त्रीलाई योगेश भट्टराईको प्रश्न – नेपालको भूमि विदेशीलाई दिने अधिकार कस्ले दियो ?

    अनलाइन नेपाल
  • सोमबार, २२ जेष्ठ २०८०
  • 774
    SHARES

    काठमाडौं । नेकपा एमालेले नेपालको भूमि विदेशीलाई दिने अधिकार प्रधानमन्त्रीलाई नभएको बताएका छन् ।

    प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा विशेष समय लिएर बोल्दै एमाले सचिव योगेश भट्टराईले यस्तो बताएका हुन् ।



    सचिव भट्टराईले कुनै पनि शर्तमा कालापानी, लिपुलेक लिम्पियाधुरा अर्को देशलाई दिन नसकिने बताए । उनले भने, ‘हामी कुनै जग्गा सट्टा भर्ना गर्ने शर्तमा राष्ट्रियता बन्धक राख्न सक्देनौं ।’



    त्यस्तै, एमाले सचिव भट्टराईले राष्ट्रपतिलाई गैरसंवैधानिक काम गर्न उक्साएको आरोप लगाए। उनले संसदको नियमावलीमा संसदको विशेषाधिकार हनन गर्नेमाथि कारबाही हुनसक्ने बताए।

    एमाले सचिव भट्टराईले भने, ‘राष्ट्रपति संसदभन्दामाथि हुँदैन। राष्ट्रपति भनेको संसदको अंग हो। राष्ट्रपतिले संसदबाट पठाएको प्रमाणित गरेको विधेयक प्रमाणीकरण गर्ने अधिकार छ।’ मृत्यु भइसकेको विधेयक प्रधानमन्त्रीले ब्यूताउन नमिल्ने बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार