काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनयुद्ध दिवसलाई राष्ट्रिय दिवसको रुपमा मनाउन नसक्ने बताएका छन् ।
सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।
अध्यक्ष ओलीले भने, ‘फागुन १ गते दिवस मनाउनेरु यो राष्ट्रिय दिवस होरु हामी शान्ति प्रक्रियामा पो सहभागी भएका हौं त । पुराना कुरा छाडेर त्यस्ता गतिविधिलाई हाइहाइ गर्न होइन । त्यस्तो कुरालाई जयजयकार गर्न होइन। कांग्रेसले के गर्छ थाहा छैन । चुपचाप लागेको देखियो ।’
अध्यक्ष ओलीले कांग्रेसको के नीति भन्ने नै नभएको बताए । कांग्रेसलाई सत्ता भए पुग्ने अध्यक्ष ओलीको भनाई छ ।