Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

अनलाइन माध्यमबाट यौन दुर्व्यवहार गर्ने राउत पक्राउ

काठमाडौं । नेपाल प्रहरीको साइबर ब्यूरोले अनलाइन माध्यमबाट यौन दुर्व्यवहार गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा जुम्ला तिला गाउँपालिका-९ रासा घर भई भक्तपुरको चाँगुनारायण नगरपालिका-२ दुवाकोट मोड बस्ने २३ वर्षीय दिनेशकुमार राउत छन्।

राउतलाई आइतबार साइबर ब्युरोको टोलीले भक्तपुरबाट पक्राउ गरेको हो । राउतले सामाजिक सञ्जाल टिकटकमार्फत पीडित महिलासँग साथी बनाएका थिए। फेसबुक, म्यासेन्जर, ह्वाट्सएपमा समेत साथी बनेर संवाद गरेको प्रहरीले जनाएको छ।

कुराकानी गर्दा यौन दुर्व्यवहार गरेको र स्क्रिन रेकर्ड समेत गरी फेक आइडीमार्फत सामाजिक सञ्जालमा पोष्ट गरेको आरोप उनीमाथि छ। यसरी दु:ख हैरानी तथा चरित्र हत्या गरेको भन्दै पीडितले जाहेरी दिएकी थिइन्।

पक्राउ परेका उनीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077