Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

आजको मौसम : तराईमा ‘लु’, पहाडमा चट्याङको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।

जसकारण अहिले सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।

दिउँसोपख देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही तथा बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा मेघ–गर्जनरचट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ महाशाखाले नियमित बुलेटिनमार्फत बताएको छ।

रातिपख पनि देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने नै बताइएको छ। कोशी र गण्डकी प्रदेशको पहाडी भूभागको एक–दुई स्थानमा मेघ–गर्जनरचट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना देखाइएको छ। यस्तै काठमाडौं उपत्यकामा हिजोभन्दा आज धेरै गर्मीको महसुस हुनेछ ।

हिजो बिहानैबाट काठमाडौंमा बदली भएका कारण कम गर्मी भएको थियो । तर, आज बिहानैबाट मौसम सफा हुने भएकाले गर्मी पनि बढ्नेछ । मौसमविद्का अनुसार काठमाडौंमा आज तापक्रम २७ देखि २९ डिग्री सेल्सियससम्म पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077