Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

जब क्याम्पस प्रमुखको कुर्सी नै रुखमा झुण्ड्याइयो...

भक्तपुर । नेपाल विद्यार्थी संघले भक्तपुर बहुमखी क्याम्पसमा तालावन्दी गर्दै क्याम्पस प्रमुखको कुर्सी रुखमा झुण्ड्याइदिएको छन्।

कनिष्ठलाई क्याम्पस प्रमुख नियुक्ति गरेको भन्दै विद्यार्थी संघले क्याम्पस प्रमुखको कुर्सी रुखमा झुण्याई नियुक्तिप्रति आपति जनाएको हो।

क्याम्पसका केही प्राध्यापकहरु समेत जुनियरलाई प्रमुख बनाइएको भन्दै विरोधमा उत्रिएको नेविसंघले बताएको छ ।

वरिष्ठ प्राध्यापकहरु मध्येबाट क्याम्पस प्रमुख नियुक्ति गर्ने प्रावधानलाई लत्याउँदै विश्वविद्यालयले कविता लुइँटेललाई जेठ २१ गते क्याम्पस प्रमुखमा नियुक्ति गरेको थियो।

नियम प्रकृयालाई मिचेर गरिएको क्याम्पस प्रमुख नियुक्ति सच्याउन माग गर्दै संघले क्याम्पस प्रमुख, लेखा शाखा र प्रसाशनमा तालावन्दी गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077