काठमाडौं । काठमाडौंबाट यात्रु लिएर धनगढी उडेको श्री एयरलाइन्सका एक जहाजमा प्राविधिक समस्या आएको छ ।
मंगलबार बिहान काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाज प्राविधिक समस्या आएपछि जहाज पुन: काठमाडौं फर्काइएको छ।
‘प्रेसराइजेसन फेल’ भएपछि जहाजलाई काठमाडौं फर्काएर सुरक्षित अवतरण गराइएको त्रिभुवन विमानस्थलले जनाएको हो।
विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार जहाज बाहिर र भित्रको अक्सिजन मेनटेन गर्ने सिस्टममा समस्या आएपछि जहाज अवतरण गरिएको हो ।