Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

घर नजिकैको जंगलमा गाडेको अवस्थामा महिलाको शव फेला, अनुसन्धान गर्दै प्रहरी

धनगढी । कैलालीमा एक महिलाको शव उनकै घरनजिक गाडेको अवस्थामा फेला परेको छ।

कैलालीको गौरीगंगा नगरपालिका-२ मा २७ वर्षीया कविता बुढाको शव फेला परेको हो।

बुढाको शव घर नजिकैको केदारेश्वर सामुदायिक वनमा गाडिएको अवस्थामा भेटिएको कैलाली प्रहरीले जनाएको छ ।

बुढाका परिवारले उनी हराएको भन्दै सोमबारमात्र खोजीका लागि प्रहरीमा निवेदन दिएका थिए । उनको कसैले हत्या गरेर शव गाडेको हुनसक्ने प्रहरीले बताएको छ ।

मृतक बुढाका श्रीमान् रोजगारीको सिलसिलामा भारतमा छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077