Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पशुपतिमा झुण्डिएको अवस्थामा सुरक्षाकर्मी मृत फेला

काठमाडौं । पशुपति क्षेत्र विकास कोषको कार्यालयको नवनिर्मित भवनमा कार्यालयका सुरक्षाकर्मी मृत फेला परेका छन् ।

मंगलबार कार्यालय परिसरमा सफाइका क्रममा कार्यालयकै सुरक्षाकर्मी धनबहादुर रानालाई सञ्चालक परिषद् सदस्यका लागि निर्माण गरिएको भवनमा कोषका कर्मचारीले झुण्डिएको अवस्थामा फेला पारेका हुन् ।

कोषले खबर गरेपछि मृत अवस्थामा भेटिएका उनको शव परीक्षणका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको प्रहरीले जनाएको छ ।

राना बगैँचा फाँटबाट हालै सुरक्षातर्फ लगिएका कर्मचारी भएको कोषले जनाएको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077