Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

प्रतिनिधिसभा बैठक साढे १ बजेसम्मका लागि सर्‍यो

काठमाडौं । प्रतिनिधिसभाको बैठक मंगलबार दिउँसो साढे १ बजेका लागि सरेको छ ।

बिहान ११ बजेका लागि बोलाइएको बैठक दलहरुबीच विवाद भएपछि समयमा बस्न नसकेको हो ।

करको दर हेरफेरबारे प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलगायत विपक्षी दलले विरोध जनाउने भएपछि सभामुख देवाराज घिमिरेले प्रमुख सचेतक र सचेतकहरूसँग छलफल गरेका थिए।

प्रतिनिधिसभा बैठकअघि सभामुखको कार्यकक्षमा दलका प्रमुख सचेतक तथा सचेतकहरुको बैठकमा नेकपा एमाले र राप्रपाले संसदीय छानबिन समिति गठन गर्न माग गरे ।

दलहरुबीच सहमति नभएपछि समयमा बैठक सुरु हुन नसकेको हो । बजेटमा करको दर हेरफेरमा पूर्वनासु रामकृष्ण श्रेष्ठ प्रवेश गराएको भन्दै सोमबारको संसद बैठकमा राप्रपाका सचेतक ज्ञानबहादुर शाहीले प्रश्न उठाएका थिए।

त्यसबारे संसदीय छानबिन समिति गठन नगरेसम्म बैठक बस्न नदिने प्रमुख प्रतिपक्ष नेकपा (एमाले) को तयारी छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077