Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

एमाले अध्यक्ष ओलीले भने - अर्थमन्त्रीज्यूको कसम खाने बानी नरहेछ राम्रो लाग्यो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अर्थमन्त्री डा.प्रकाशशरण महतलाई शंकाको सुविधा दिने बताएका छन् ।

सोमबारको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्रीले दिएको जवाफ दिएपछि अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

अध्यक्ष ओलीले भने,‘अर्थमन्त्रीज्यूको कसम खाने बानी रहनेछ, राम्रो लाग्यो । उहाँले जसरी सफाइ दिन खोज्नुभएको छ, त्यसमा बेनिफिट अफ डाउट दिऊँ । उहाँले भनेको कुरा नै साँचो होस्, अखबरमा आएका साँचा नहुन् ।’

अध्यक्ष ओलीले अर्थमन्त्री डा.प्रकाशशरण महतको कसम खाने बानी नभएको भन्दै प्रशंसा गरे ।

अध्यक्ष ओलीले बजेट निर्माणका क्रममा यसपटक पनि अनौठा घटना सार्वजनिक भएको भन्दै करका दर बढ्नेवाला भएपछि त्यहीबेला ११ सय गाडीहरु आउनु संयोग मात्र हुन नसक्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077