Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

भोटाहिटीको आरके स्विट्समा महानगरले लगायो ताला

काठमाडौं । काठमाडौं महानगरपालिकाले भोटाहिटीको एक घरको बेसमेन्टमा सञ्चालित स्विट्स बन्द गरेको छ।

बेसमेन्टको नक्सामा स्टोर भनेर उल्लेख गरे पनि आरके स्विट्स नामको क्याफे रेस्टुरेन्ट चलाउँदै आएकोले जनप्रतिनिधिको रोहबरमा महानगरले ताल्चा लगाएको हो।

नगर प्रहरी प्रमुख राजु पाण्डेका अनुसार बेसमेन्टमा सञ्चालित स्विट्स बन्द गर्न आग्रह गरेपनि अटेर गरेकोले आरके स्विट्समा ताल्चा लगाउन बाध्य भएको बताए ।

नक्सा अनुसारको बेसमेन्ट प्रयोजन गर्न महानगरले बारम्बार सबैतिर आग्रह गरिरहे पनि अटेर गर्नेहरूलाई कारबाहीको दायरामा ल्याइरहेको महानगरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077