Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

गाँजा खेती अध्ययनबारे ओलीको प्रश्न - कसले गर्न खोजेको छ गाँजा खेती ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार आम सरोकारको विषयबाट टाढा पुगेको बताएका छन् ।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा आर्थिक वर्ष २०८०र०८१ को बजेटमाथि धारणा राख्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

अध्यक्ष ओलीले भने,‘बजेटमा धान फलाउने, आलु फलाउने, त्यतापट्टि छैन, गहुँ फलाउने खाद्यान्नमा आत्म निर्भर बनाउने कुरा छैन, कसले गर्न खोजिरहेको छ, गाँजाखेती ? कसका लागि, कसले गर्न खोजिराख्या छ? अचम्म लाग्छ, गाँजाखेती कसलाई चाहियो?’

बजेटमा गाँजा खेतीलाई प्रोत्साहन गर्ने सरकारले नीति लिएपछि ओलीले गाँजा खेती कसले गर्न चाहेको भनेर प्रश्न गरे । उनले जनताले कहाँ गाँजा खेती गरेको भन्दै प्रश्न गरे।

अध्यक्ष ओलीले आम नागरिकको जीवनस्तर सुधार्न भन्दा पनि अमुक व्यापारीलाई पोस्ने स्वार्थले गाँजा खेती अघि सारिएको बताए। उनले गाँजा खेतीको व्यापारीको खोजीसमेत गरे।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077