Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

युक्रेनको काखोभ्का जलविद्युत् बाँधमा विस्फोट

एजेन्सी । युक्रेनको रुस नियन्त्रित क्षेत्र खेरसनमा रहेको नोभा काखोभ्का बाँधमा विस्फोट भएको छ ।

विस्फोटका कारण बाँध भत्किएपछि युक्रेनी सेनाले दिनप्रो नदीमा बाढी आउनसक्ने भन्दै आसपासका बस्तीका मानिसहरूलाई सुरक्षित ठाउँमा जान सुझाव दिएको छ ।

बाँधमा विस्फोट गराएको बारेमा रुस र युक्रेनले एक अर्कालाई आरोप लगाइरहेका छन् । युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले आपत्कालीन बैठक बोलाएर घटनाबारेमा निन्दा गरे ।

रुसले बाँध भत्काएको आरोप लगाउँदै युक्रेनले यसबाट ठूलो पर्यावरणीय नोक्सान हुने पनि बताएको छ । तर रुसको रक्षा मन्त्रालयका प्रवक्ता दिमित्री पेस्कोभले बाँध युक्रेनले नै ध्वस्त पारेको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077