Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अमेरिकामा अन्धाधुन्द गोली प्रहार : दुईको मृत्यु, ५ जना घाइते

एजेन्सी । अमेरिकाको भर्जिनिया राज्यस्थित एक विद्यालयमा अन्धाधुन्द गोली प्रहार हुँदा दुई जनाको मृत्यु भएको छ ।

भर्जिनियाको रिचमण्ड पब्लिक स्कुलमा दीक्षान्त समारोह चलिरहेको बेला एक १९ वर्षीय युवाले गोली प्रहार गरेका हुन् । कार्यक्रम चलिरहेको बेला उनी गोली प्रहार गर्दै समारोह स्थलतर्फ अघि बढेका थिए ।

गोली प्रहारबाट पाँचजना घाइते भएको बताइएको छ । मारिनेमा एक जना १८ वर्षीय युवा र अर्का ३६ वर्षीय पुरुष रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ ।

मृतक, घाइते र आक्रमणकारीको परिचय खुलाइएको छैन । गोली प्रहार गर्ने किशोरलाई प्रहरीले पक्राउ गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077