Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

इन्स्पेक्टर बढुवा सिफारिस : हालसम्मकै विवादित र चलखेल , टप २० भित्रका १० जना पनि छुटाइए

काठमाडौं। नेपाल प्रहरीका ४६ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) हरूको प्रहरी नायब उपरीक्षक (डीएसपी) बढुवा सिफारिसमा हालसम्मकै विवादित देखिएको छ । बढुवा सिफारिसमा आर्थिक चलखेलको गन्ध पनि बाहिर आएको छ।

यही जेठ २२ गते बसेको बढुवा समितिको बैंठकले उनीहरूको बढुवा सिफारिस गरेको थियो । सोही बढुवा सिफारिस हालसम्मकै सबैभन्दा विवादित, चलखेलका आधारमा गरिएको प्रमोशन, नातावाद र भेगीय प्रभाव हावी हुनुका साथै आसेपासेहरुलाई प्राथमिकता दिइएको हो ।

गृहमन्त्री नारायणकाजी श्रेष्ठको ग्रिन सिग्नल पाएपछि मानवश्रोत विभागका एआईजी सन्दिप भण्डारीले स्वार्थपूर्तिको आधारमा इन्स्पेक्टरलाई डीएसपीमा बढुवा गरेका हुन् । गृहमन्त्री नारायणकाजी श्रेष्ठ र आईजीपी बसन्तबहादुर कुँवरलाई गुमराहमा पारी एआईजी भण्डारीले कतिपय कारबाहीमा परेका र विवादित इन्सपेक्टरहरुलाई बढुवा गराई आर्थिक लाभ लिएको समेत आरोप लागेको छ ।

भण्डारी र मन्त्री नारायणकाजीकै सचिवालयका शक्तिशाली महिला सुशन कर्माचार्यको हस्तक्षेपका कारण टप २० भित्रका १० जना इन्स्पेक्टरहरूलाई पनि बढुवा हुनबाट छुटाइएको छ ।

दिपक मल्ल, ऋषि राम घर्तिमगर, आयुष जेशी, धन बहादुर बोहोरा, लक्ष्मण ओली, इन्द्रजित ईटनी, प्रताप पौडेल, बोधराज रेग्मी, बीर दत्त पन्त, टेकेन्द्र शर्मा पौडेललाई छुटाइएको हो । यसैगरी ४६ मेरिट भित्रका रहेका २६ जनालाई पनि बढुवा हुनबाट रोकिएको छ । ४६ मेरिट भित्र रहेका टेक बहादुर जोरा, प्रविण कार्की, रमेश दत्त अवस्थी, जनार्दन घिमिरे, गुण राज बुढाथोकी, चन्द्र कुमार सिहं, पुरुषोत्तम कार्की, हिरेन्द्र बहादुर रोकाया, भिषण राई, राजु खत्री, हिम खत्री, मधु नेपाल, मोहन बुढाथापा, चक्र डमरपाल र अनिल गिरीलाई पनि बढुवामा छुटाइएको हो ।

साथै चलखेलका आधारमा ४६ मेरिट भन्दा पछाडि रहेका २६ इन्स्पेक्टरलाई डिएसपीमा बढुवा सिफारिस गरिएको छ ।

चलखेलका आधारमा  निरन्जन भट्टराई (५० नं), ज्ञान बहादुर खड्का (५१ नं), निशान थापा (५२ नं), सुवास भट्ट (५३ नं), राम कुमार राई (५६ नं), नवराज ढुङ्गेल (६० नं), ईश्वरी प्रसाद भण्डारी (६२ नं), टेक बहादुर रावत (६४ नं), दिपेश बस्याल (६६ नं), एलिजा गिरी (६९ नं), दिपक कुमार शाह (७८ नं), बिकास थापा (७९ नं) र वीरेन्द्र कुमार पाशवान (८५ नं) छन् । यस्तै कमल बजगाई (८९ नं), मुक्तिनाथ सापकोटा (९२ नं), केशर न्यौपाने (९३ नं), चन्द्र बहादुर थापा (९८ नं), रिपेन्द्र कुमार (९९ नं), सुरक्षा के.सी. (१०२ नं), मिङमा शेर्पा (१०३ नं), प्रकाश जवेगु (१०४ नं), रुपा थापा (१०७ नं), शंकर पोखरेल (११२ नं), शुभद्रा वाईवा (१२० नं), विनोद कुमार सुनुवार (१२६ नं), लक्ष्मी खनाल (१३० नं) लाई  बढुवा सिफारिस गरिएको हो ।

कार्यक्षमतामा निकै कमजोर ६९ नम्बरमा रहेकी एलिजा गिरीलाई चार नम्बरमा ल्याइएको छ । पुल्चोकदेखि जहाँ बस्दा पनि पूरै समय इन्चार्ज चलाउन अक्षम भएर तानिएकी र अख्तियारमा समेत अनेक विवादमा परेकी चेतना पोखरेललाई वरियतामा ६ नम्बरमा ल्याइएको छ ।

एआइजी भण्डारीले पोखरेललाई २५ बाट छैटौं वरियतामा ल्याएका छन् ।कनिष्टहरुलाई बढुवा गर्दा ३० लाख रुपैयाँसम्म उठाइएको स्रोतको दाबी छ ।एआईजी भण्डारीकै मनोमानीका कारण वरियतामा अगाडि रहेका र राम्रो अंक पाएका इन्सपेक्टरहरु बढुवा सिफारिसमा छुटेका छन् ।

वरिष्ठताकै आधारमा आईजीपी भएका कुँवरले एआईजी भण्डारीलाई विश्वास गर्दा इन्सपेक्टर बढुवामा वरिष्ठहरुलाई पाखा लगाई घोर अन्याय गरेका छन् । बढुवामा बरियतामात्र नभई कार्यक्षमतालाई प्राथमिकतामा राखिएको एआईजी भण्डारी आफैले बताउने गरे पनि रेकर्डमा जनिनेगरी सचेत गराइएका बेदबहादुर पौडेल र काभ्रेको अजित मिजार हत्याकाण्डमा मुछिएका प्रकाश जवेगु बढुवामा  अटेका छन्।

चेन अफ कमाण्डमा चल्ने प्रहरी संगठनमा वरिष्ठताको ठूलो अर्थ रहन्छ । कार्य सम्पादनमा उत्कृष्ट र जहाँ खटाउँदा पनि पुरस्कृत भएका र विभुषण पाएका इन्सपेक्टरहरुलाई बढुवामा बञ्चित गर्दा संगठनकै जीवनमा आघात पुग्ने प्रहरी अधिकारीहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077