Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

अर्थमन्त्रीलाई चित्रबहादुर केसीले भने - प्रवासी नेपालीको नोटले गाडि चढेर हिँड्ने, मताधिकार नदिने !

काठमाडौं । राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले मुलुकलाई बचाउन संघीयता खारेज गर्नुपर्ने बताएका छन् ।

बुधबार बजेटमाथिको छलफलमा बोल्ने क्रममा जनमोर्चाका सांसद केसीले यस्तो बताएका हुन् ।

सांसद केसीले संघीयताको कारण देश आर्थिक रूपमा टाट पल्टिदै गएकाले तुरुन्तै खारेज गर्नुपर्ने बताए ।

त्यस्तै सांसद केसीले प्रवासी नेपालीलाई सरकारले फेरि ढाँटेको बताए । सरकारले प्रवासी नेपालीलाई मताधिकार दिने भनेको तर त्यसका लागि बजेटको व्यवस्था नगरेर प्रवासी नेपालीलाई सरकारले फेरि ढाँटेको बताए ।

सांसद केसीले भने,'हरेक सरकार आउँदा प्रवासी नेपालीलाई मताधिकार दिने भनेर विभिन्न गठबन्धनले अनिवार्य रूपमा आफ्नो प्रस्तावमा ल्याउँछ तर बजे छुट्याउँदैन । प्रवासी नेपालीलाई मताधिकार दिनका लागि बजेट छुट्याउनुभयो कि भएन ? प्रवासीहरूको नोटले हामी गाडि चढेर हिँड्ने, देश चलाउनुपर्ने। उनीहरूलाई मताधिकार दिनै नपर्ने ? कतिपटक ढाँट्ने ?'

जनमोर्चाका अध्यक्षसमेत रहेका केसीले अदालतले पनि प्रवासमा रहेका नेपालीलाई मताधिकार देउ भनेको स्मरण गराए। उनले संसारका १४ मुलुकले आफ्नो देशका प्रवासीलाई मताधिकार दिने नियम बनाएको बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077