Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • आमसञ्चारसम्बन्धी आवश्यक कानून शीघ्र ल्याइन्छ : सञ्चारमन्त्री शर्मा

    आमसञ्चारसम्बन्धी आवश्यक कानून शीघ्र ल्याइन्छ : सञ्चारमन्त्री शर्मा

    अनलाइन नेपाल
  • बुधबार, २४ जेष्ठ २०८०
  • 744
    SHARES

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता रेखा शर्माले आमसञ्चारसम्बन्धी आवश्यक कानून शीघ्र ल्याइने बताएकी छिन् ।

    आज मन्त्रालयमा ‘आमसञ्चार क्षेत्र सुधार समिति’को प्रतिवेदन बुझ्ने क्रममा उनले यस्तो बताएकी हुन् ।



    उनले सूचना प्रविधिको क्षेत्र दिनहुँ परिवर्तन हुँदै गएकाले यो क्षेत्र सुधारका लागि नयाँ कानूनको आवश्यकता रहेका बताइन् ।



    मन्त्री शर्माले सूचना प्रविधिको बद्लिँदो स्वरूपले आमसञ्चार क्षेत्रमा थपिएका चुनौतीको सम्बोधनका लागि सूचना प्रविधि र आमसञ्चार क्षेत्रका कानूनको प्रक्रिया अघि बढाइएको जानकारी दिइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार