Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

झिमरुक गाउँपालिकाका अध्यक्षका छोराले कर्मचारी कुटे, पालिकाको कामकाज ठप्प

प्युठान । प्युठानको झिमरुक गाउँपालिकाका अध्यक्ष पितबहादुर एमसीका छोरा मिलन एमसीले कर्मचारीलाई हातपात गरेको आरोप लागेको छ ।

पूरा नभएको योजनाको भुक्तानीका लागि योजनाका अध्यक्ष रामबहादुर खड्का, सचिव गोपाल खड्कासहित गाउँपालिकाको कार्यालयमा पुगेका मिलन एमसीले योजना शाखामा कार्यरत कर्मचारी दीपक जिसीमाथि हातपात गरेको आरोप लागेको हो ।

उनले भुक्तानी दिन भन्दै अपशब्द बोलेर कर्मचारी जिसीमाथि हातपात गरेको बताइएको छ । जिसीले यो विषय प्रमुख प्रशासकीय अधिकृतलाई जानकारी गराउने क्रममा सबै शाखाका कर्मचारी जम्मा भएका थिए ।

सबै कर्मचारी जम्मा भएको बेलामा समेत मिलन एमसीले टेलबमा पैसा फ्याँक्दै अश्लील गाली गरेको कर्मचारीहरूले निकालेको विज्ञप्तिमा उल्लेख छ । अध्यक्षका छोरालाई कारबाही माग गर्दै कर्मचारीहरुले अत्यावश्यक बाहेकका कामकाज बन्द गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077