काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको पहाडी भू(भागमा आंशिक देखि सामान्य बदली रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, गण्डकी तथा कर्णाली प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ । राति भने कोशी प्रदेशको पहाडी भूभागका एक-दुई स्थानमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।
आगामी केही दिनसम्मको तराईका धेरैजसो भूभागहरूमा अधिकतम र न्यूनतम तापक्रम क्रमिक रुपमा बढ्ने छ । तराई भूभागहरूमा आगामी पाँच दिनसम्म तातो हावा तथा 'लू'को सम्भावना यथावत् रहने महाशाखाले जनाएको छ ।
देखिएकोले सो बाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध छ । सरोकारवाला निकायले गर्मीको असरबाट बच्न सावधानी अपनाउन आग्रह गरेका छन् ।