Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

केबलकार उद्घाटन गर्न आज बुटवल जाँदै प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' आज बुटवल जाँदै छन् ।

लुम्बिनी केबलकारको उद्घाटन गर्न उनी आज बुटवल जान लागेका हुन् । आइएमई समूहको लगानीमा बनेको लुम्बिनी केबलकार व्यावसायिक रूपमा सञ्चालन गर्न लागिएको छ ।

लुम्बिनी केबलकारबाट पुग्न सकिने पाल्पाको वसन्तपुर अब कामाख्यादेवीको मन्दिरसहित भगवती मन्दिर, गणेश मन्दिर, कैलाश पर्वत, वर पिपल, ढुंगेधारा, पोखरी आदि संरचनाले भरिपूर्ण एउटा धार्मिक तथा पर्यटकीय गन्तव्य बनेको छ।

कामाख्या मन्दिर भारतको गुहावटीमा रहेको मन्दिरकै शैली र कलामा बनेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077