काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ ।
बैठक जेठ २७ गते शनिबारका लागि केन्द्रीय कार्यालय, बालकुमारीमा बोलाइएको हो ।
शनिबार दिनको एक बजे पार्टी कार्यालयमा बैठक बस्नेछ ।
केन्द्रीय कार्यकारिणी समितिको बैठकमा विधान अधिवेशनको तयारी, समसामयिक राजनीतिलगायतका विषयमा छलफल हुने बताइएको छ ।