Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

प्रधानमन्त्री प्रचण्ड बुटवल आउने भएपछि लुम्बिनी प्रदेशसभाको बैठक स्थगित

दाङ । लुम्बिनी प्रदेशसभाको आज (बिहीबार) बस्ने भनिएको बैठक स्थगित भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' बुटवल आउने भएकाले आजको बैठक स्थगित गरिएको हो ।

सभामुख तुलाराम घर्तीमगरका अनुसार बुटवलमा केबलकार उद्घाटन गर्न प्रधानमन्त्री प्रचण्ड आउने भएपछि उनको स्वागतमा मुख्यमन्त्री, सभामुखलगायत बुटवल जानुपर्ने भएकाले बैठक स्थगित गरिएको हो ।

प्रदेशसभाका सचिव दुर्लभकुमार पुनले जारी गरेको सूचनामा भने विशेष कारणवश प्रदेशसभाको नियमावली २०७९ को नियम ३ को उपनियम ३ बमोजिम बैठक स्थगित भएको उल्लेख गरिएको छ ।

आज स्थगित भएको प्रदेशसभाको बैठक भोलि (जेठ २६ गते) बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077