Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

१७ रुपैयाँको विकास गर्न ६५ रुपैयाँ खर्च भैरहेको छ : विनोद चौधरी

काठमाडौं । नेपाली कांग्रेसका सांसद विनोद चौधरीले बजेटको ठूलो हिस्सा साधारण खर्चमा बढ्दा विकासका लागि श्रोत व्यवस्थापनमा चाप परेको बताएका छन्।

बिहीबार प्रतिनिधि सभामा बजेटमाथिको छलफलमा भाग लिँदै सांसद चौधरीले बजेटमा गरिएको व्यवस्थाले विकास कार्य द्रुत गतिमा अघि बढ्न नसक्ने बताएका हुन् ।

सांसद चौधरीले १७ रुपैयाँको विकास गर्न ६५ रुपैयाँ खर्च गर्न तयार हुँदा यसले विकासको नियमित प्रक्रियालाई नै अवरुद्ध पार्ने उल्लेख गरे ।

उनले भने, 'आगामी बर्षकोबजेटमा चालू खर्चको अंश ६५.२० प्रतिशत र पुँजीगत बजेटको अंश १७.२५ प्रतिशत छ । अर्थात हामी १७ रुपैयाँको विकास गर्नका लागि ६५ रुपैयाँ खर्च गर्ने तयारीमा छौँ । यो भनेको सरासर देश आर्थिक विकासको द्रुत गतिमा अगाडि बढ्न सक्दैन ।'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077