Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

एमाले अध्यक्ष ओलीले भने - शासन सत्ता प्राप्तिका लागि प्रचण्डले भैँसी पूजा गरे

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुई तिहाई नजिक पुर्याएको पार्टीलाई पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालले ध्वस्त बनाएको आरोप लगाएका छन् ।

हालै मनोनीत एमाले केन्द्रीय सदस्यहरूलाई शपथ ग्रहण कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

अध्यक्ष ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले सत्ताप्राप्ति र सत्ताको अवधि लम्ब्याउनका लागि जेसुकै गर्ने गरेको आरोप लगाए।

शासन सत्ता प्राप्तिका लागि भैँसी पूजा गरेको र टिकाउन गेरुवस्त्र धारण गरेर १०८ किलोको ढाकर बोकेको टिप्पणी उनले गरे ।

अध्यक्ष ओलीले भने,‘जसरी हुन्छ, शासन प्राप्त गर्ने र त्यसलाई टिकाउन घुँडा टेकेर, लम्पसार परेर, भैँसी पुजन गरेर, गेरुवस्त्र धारण गरेर, जेसुकै गर्न पनि तयार, टुप्पी काटेर जनै चुँडाउन पनि तयार, किरियापुत्री मार्न पनि तयार, १०८ किलोको ढाकर बोकेर जान पनि तयार । शासनमा लुप्त दुर्योधन पनि थियो, तर स्वाभिमानी थियो । लम्पसार पर्दैनथ्यो ।’

भारत भ्रमणमा गएका प्रचण्डले भारतको एक मन्दिरमा गेरुवस्त्र लगाएर पूजा गरेका थिए । ओलीले माओवादीले दस्तावेजमा नलेखे पनि प्रचण्डपथ जीवित रहेको दाबी गरे । सिक्किमका नेता लेन्डुप दोर्जेको नाम लिँदै ओलीले शासकहरू सत्तालोलुप हुँदा देश नै गुम्ने गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077