Jul 08 2026 | २०८३, आषाढ २४ गते

08 Jul 2026 | बुधवार, आषाढ २४ गते २०८३

बुधवार, आषाढ २४ गते २०८३
images
images

शेयर बजारमा सामान्य वृद्धि, कारोबार रकम सवा २ अर्ब माथि

काठमाडौं । लगातार तेस्रो दिन आज बिहीवार पनि शेयर बजार बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज नेप्से ४.१४ अंकले बढेर एक हजार ९ सय ३६ दशमलब ४७ विन्दुमा बन्द भएको छ ।

आज उत्पादन, जलविद्युत्, होटल र बैंक समूहबाहेक अरू सबै समूहको शेयर बढेको छ । बीमा समूहको शेयर भने उच्च अङ्कले उकालो लागेको छ ।

यस दिन कुल २७३ धितोपत्रको ४३ हजार १२८ कारोबारबाट ५९ लाख ६२ हजार ९३ कित्ता शेयर किनबेच भएको छ । यो किनबेचबाट २ अर्ब ३० करोड ५८ लाख ८८ हजार ९३१ रुपैयाँको कारोबार भएको छ ।

सबैभन्दा धेरै आईजीआई प्रुडेन्सियल इन्सुरेन्स कम्पनीको १० करोड २६ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077