Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

नेपाली फिल्म 'परस्त्री' को ट्रेलर सार्वजनिक

काठमाडौं । सुरज पाण्डे निर्देशित फिल्म 'परस्त्री' को ट्रेलर सार्वजनिक गरिएको छ। आज काठमाडौंमा एक कार्यक्रम आयोजना गरेर निर्माण पक्षले ट्रेलर सार्वजनिक गरेको हो ।

दुई मिनेट ५० सेकेण्ड लामो ट्रेलरले कथानक घुम्तीलाई दर्शाएको छ । चलचित्र विवाहपछिको सम्बन्धले निम्त्याउने पारिवारिक र सामाजिक सङ्कट कथावस्तुमा निर्माण भएको छ।

आगामी असार १५ गतेदेखि प्रदर्शनमा आउने चलचित्रमा कलाकार कोसिस क्षेत्री, शिल्पा मास्के, गौरव विष्ट, अलिसा क्षेत्री, आशान्त शर्माले अभिनय गरेका छन्।

‘परस्त्री’ भारतमा पनि रिलिज हुने निर्माण पक्षले जनाएको छ । हिन्दीमा डब भएको सिनेमाको हिन्दी भाषाको गीत पनि रिलिज गरिसकेको छ ।फिल्म नेपालकै मितिमा भारतका हलमा पनि लाग्नेछ ।

https://youtu.be/lzj5VOrnrNg

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077