Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सभामुख घिमिरेले गरे एनआरएनएका सचिव प्रविन गुरुङलाई सम्मान

काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनएका सचिव प्रविन गुरुङलाई सभामुख देवराज घिमिरेले सम्मान गरेका छन् ।

फोकस नेपाल संस्थाद्वारा नेपाल पर्यटन बोर्डमा आयोजना गरिएको कार्यक्रममा सभामुख घिमिरेले गुरुङलाई राष्ट्रिय विशेष सेवा सम्मान प्रदान गरेका हुन् ।

गुरुङलाई गैरआवासीय नेपालीको हक हितमा उत्कृस्ट कार्य गरेर देश विकासको लागि योगदान गरेको भन्दै उक्त सम्मानबाट सम्मानित गरिएको हो।

कतारस्थित एसियाना दोहोरी तथा गजल रेस्टुरेन्टका सञ्चालकसमेत रहेका गुरुङले नेपालको कला र संस्कृतिको जर्गेना गर्ने भूमिका खेलेका छन् ।

संस्थाको अध्यक्ष रामचन्द्र पोखरेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा विभिन्न क्षेत्रमा कार्यरत आ–आफ्नो क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका समाजसेवी तथा व्यवसायीहरूलाई सम्मान सहित सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियोे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077