Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

बसको ठक्करबाट स्कुटर चालकको मृत्यु हुँदा मोरङमा तनाव

काठमाडौं । मोरङको उर्लाबारी नगरपालिका–३, नयाँ मंगलबारेमा आज दिउँसो तीन बजे बसले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे १ ख ३०७३ नम्बरको बसले विपरीत दिशातर्फबाट आउँदै गरेको प्रदेश १–०१–०१३ प २९० नम्बरको स्कुटरलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

चालकको पहिचान खुलेको छैन भने चालक झापा कनकाई नगरपालिका ३ बस्ने वर्ष ३२ का टंकप्रसाद सुवेदीलाई इलाका प्रहरी कार्यालय उर्लाबारीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनामा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएपछि आक्रोशित स्थानीयवासीले बसमा आगजनी गरेका छन् । आगजनीबाट बसमा क्षति पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077