Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रूस–युक्रेनबीच शान्तिका लागि वार्ता आयोजना गर्न दक्षिण अफ्रिका तयार

एजेन्सी । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले द्वन्द्व अन्त्यका लागि अफ्रिकी नेताहरूको शान्ति अभियानको स्वागत गरेपछि दक्षिण अफ्रिकाले बिहीबार रूस र युक्रेनबीच वार्ता आयोजना गर्न तयार रहेको बताएको छ ।

राष्ट्रपति सिरिल रामाफोसाले गत महिना पुटिन र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच ६ सदस्यीय अफ्रिकी शान्ति टोलीलाई स्वागत गर्न सहमति भएको बताएको थियो । यो वार्ता यसै महिना सुरू हुने अपेक्षा गरिएको छ ।

यसअघि बिहीबार दक्षिण अफ्रिकाको राष्ट्रपतिको कार्यालयले राष्ट्रपति पुटिनसँग रामाफोसाको फोनमा कुराकानी भएको जनाएको थियो ।

रामाफोसाले गत महिना घोषणा गरेको प्रतिनिधिमण्डलमा कङ्गो गणतन्त्र, इजिप्ट, सेनेगल, दक्षिण अफ्रिका, युगान्डा र जाम्बियाका राष्ट्रपतिहरू रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077