Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बाँध भत्किएको क्षेत्रमा पुगे जेलेन्स्की, भन्छन् - बाढीमा शवहरू तैरिरहेका छन्

एजेनसी । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की खेरसोन सहरस्थित बाँध भत्किएको क्षेत्रको भ्रमणमा पुगेका छन् ।

मंगलबार दक्षिण युक्रेनको निप्रो नदीमा रहेको नोभा काखोभ्का नामको विशाल बाँधमा विस्फोट भएको थियो । सोही बाँध भत्किएको क्षेत्रको भ्रमणमा राष्ट्रपति जेलेन्स्की पुगेका हुन् ।

बाँध भत्किएपछि आएको बाढीमा शवहरू तैरिरहेको उनले बताए । उनले युक्रेनी उद्धारकर्तालाई रुसी सैन्य बलले गोली हानेको पनि आरोप लगाएका छन् ।

बाँध भत्किएपछि त्यहाँका हजारौं स्थानीय विस्थापित भएका छन् । बाँध भत्किनुमा रुस र युक्रेनले एक अर्कालाई दोष दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077