Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

माधव नेपाल भन्छन् - अहिले देशमा भ्रष्टाचारको नांगो रुप देखिन थाल्यो

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपाली समाजमा भ्रष्टाचारको नांगो रूप देखिएको बताएका छन् ।

काठमाडौंमा भएको पार्टी निकट समाजवादी प्रेस संगठनको पहिलो केन्द्रीय अधिवेशनलाई सम्बोधन गर्दै उनले नेपाली राजनीतिमा सबैभन्दा चर्को रूपमा भ्रष्टाचारको प्रवृत्ति देखिएको टिप्पणी गरेका हुन् ।

उनले पूरै राजनीति विकृत हुनुको पछाडि भ्रष्टाचार रहेको भन्दै जनतालाई पीडा दिने र शोसक सामन्तहरू र दलाल पुँजीपतिहरू हाबी हुन पुग्ने र इमान्दार र असल मानिस पाखा लाग्नुपर्ने स्थिति सिर्जना भएको उल्लेख गरे ।

अध्यक्ष नेपालले भने– ‘अहिले नेपाली समाजमा भ्रष्टाचारको पनि नांगो रुप आएको छ । भूटानी शरणार्थी प्रकरण होस् या कुनैपनि कामहरु बिना पैसाको नहुने अहिलेको प्रवृत्ति होस्,गलत प्रवृत्तिको विरुद्धमा जुध्नुपर्नेछ ।’

अध्यक्ष नेपालले अहिले पुनः प्रतिगामी शक्तिहरूले वंशको शासनलाई फर्काउने दुष्प्रयास गरिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077