काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महत उपस्थित नभएपछि प्रतिनिधिसभाको बैठक स्थगन गरिएको छ ।
सभामा अर्थमन्त्री महत नभएको भन्दै प्रतिपक्ष दलका सांसदहरुले विरोध जनाएपछि बैठक १५ मिनेटका लागि स्थगन गरिएको हो ।
रास्वपाकी सांसद सुमना श्रेष्ठले संसदको बैठकमा अर्थमन्त्री उपस्थित हुनुपर्ने भन्दै नियमात्ति गरेपछि सभामुख देवराज घिमिरेले अर्थमन्त्री आएपछि बैठक संचालन हुने भन्दै बैठक स्थगित गरेका छन् ।
अर्थमन्त्री महतले अहिले राष्ट्रिय सभामा सांसदहरुले बजेटबारे सोधिएका प्रश्नको जवाफ दिइरहेका छन् ।