स्याङ्जा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को भारत भ्रमण सफल नभएको टिप्पणी गरेका छन् ।
आँधीखोला गाउँपालिकाको नयाँ भवन उद्घाटन कार्यक्रममा शुक्रबार बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले यस्तो टिप्पणी गरेका हुन् ।
उनले प्रधानमन्त्री प्रचण्डले लिम्पियाधुरा, कालापानी मिचिएको कुरा नउठाएको बताए ।
उनले वर्तमान सरकारको कुनै गन्तब्य नभएको आरोप लगाए । सरकार कामभन्दा पनि हल्लाको पछाडी लागेको उनले बताए । ओलीले आफ्नो कार्यकालको तीन वर्षमा विकासले ठूलो फड्को मारेको दाबी गरे।