Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

गोकर्णेश्वरस्थित तारेभिरमा पुरूष मृत फेला

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका-३ तारेभिरमा एक पुरूष मृत फेला परेका छन्।

तारेभिरको जंगल छेउमा खोल्सामा खसेको अवस्थामा पुरूषको शव भेटिएको हो ।

शनिबार बिहान स्थानीयले खोल्सामा लडिरहेको अवस्थामा पुरूषको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। घटनास्थलमा केही प्रहरी पुगेका छन्।

शव भेटिएको भन्ने सूचना आएपछि बौद्धबाट इन्सपेक्टरको नेतृत्वमा फरेन्सिक टोली घटनास्थल जाँदैछन्।

इन्सपेक्टरको टोली पुगेपछि घटनाबारे विवरण आउने जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077