Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

मदरल्याण्ड माविद्धारा सावित्रा भण्डारी 'साम्बा' सम्मानित

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ लाई पोखराको मदरल्याण्ड माविले नगदसहित सम्मान गरेको छ।

भण्डारी पश्चिम पृतिना हेडक्वाटर विजयपुरका पृतनापति दिपककुमार बानियाँ, विद्यालयका निर्देशक डा. त्रिभुवन बराल, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दिननाथ बरालद्धारा नगद र सम्मानपत्रले सम्मानित भएकी हुन् ।

राष्ट्रिय टोलीबाट ४३ खेलमा ४३ गोल गरेकी साम्बा नेपालको सर्वाधिक गोलकर्ता हुन्।

नेपाली फुटबलमा उनले पुर्याएको योगदानको कदर गर्दै साम्बालाई सम्मान गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077