Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

सुदूरपश्चिम प्रदेशसभा सदस्य पाठकले मागे गेटा मेडिकल कलेजबारे सरकारको धारणा

धनगढी । नेकपा एमालेका सुदूरपश्चिम प्रदेशसभा सदस्य धर्मराज पाठकले गेटा मेडिकल कलेजबारे प्रदेश सरकारको धारणा मागेका छन् ।

आइतबार बसेको प्रदेशसभाको बैठकमा बोल्दै प्रदेशसभा सदस्य पाठकले गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय विपरीत प्रतिष्ठानका रुपमा अघि बढाउने सरकारको घोषणा बारे प्रदेश सरकारको धारणा मागेका हुन् ।

पाठकले स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउनुपर्ने माग गर्दै प्रदेशबासी आन्दोलित भएका बेला प्रदेश सरकारले कुनै धारणा नआएको भन्दै धारणा सार्वजनिक गर्न माग गरे।

पाठकले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउनुपर्ने माग गर्दै भइरहेका आन्दोलनमा नेकपा एमालेको समर्थन रहेको समेत बताए ।

गेटामा मेडिकल विश्वविद्यालय बनाउन माग गर्दै आइतबार संघर्ष समितिले सुदूरपश्चिममा आमहड्ताल घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077