Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • कांग्रेस सांसद गिरीले भने – बालेनलाई सलाम, हामीलाई वडाध्यक्षको स्तरमा पुर्‍याइदिनुभयो

    कांग्रेस सांसद गिरीले भने – बालेनलाई सलाम, हामीलाई वडाध्यक्षको स्तरमा पुर्‍याइदिनुभयो

    अनलाइन नेपाल
  • आइतबार, २८ जेष्ठ २०८०
  • 570
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका सांसद दीपक गिरीले सांसदहरुप्रति जनताको धेरै अपेक्षा रहेको र त्यसलाई पूरा गर्ने हैसियत नभएको बताएका छन् ।

    आइतबार प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वर्षका लागि प्रस्तुत बजेटमाथि आफ्नो धारणा राख्दै सांसद गिरीले यस्तो बताएका हुन् ।



    सांसद गिरीले नागरिकले सांसदको विधायिकी भूमिका नबुझ्ने र अहिले पनि विकास, निर्माणको प्रतिनिधि नै स्वीकारेको बताए ।



    सांसद गिरीले भने,‘म त सलाम गर्छु बालेनजीलाई, उहाँले हामी झोलेलाई वडासदस्यको स्तरमा पुर्‍याइदिनुभयो । हामी त झोले हौं। राति बूढी आमाको फोन आउँछ, सांसद बाबु दुईवटा खसी पालेको एउटा मर्‍यो, केही पाइन्छ कि ? पहिरो गए, आगलागी भए पनि जनताले खोज्ने हामी सांसद नै हुन्।’

    बजेटमा आयोजनाको वितरण समानुपातिक र आवश्यकताका आधारमा नभएको पनि गिरीले बताए । उनले त्यसलाई निर्वाचन क्षेत्रबाट सकरात्मक प्रतिक्रिया नआएको बताए ।

    मन्त्रीहरूले आफ्नो निर्वाचन क्षेत्रमा ठूलो रकमका आयोजना छुट्याउने प्रवृत्ति कायमै रहेको उनले बताए । सांसद गिरीले आम नागरिकले सांसदको भूमिका नचिनेको र विकास निर्माणको अपेक्षा गर्ने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार